भाषाविज्ञान तथा डाटा परिचालन प्रबन्धक २०७५ पौष - हालसम्म
म हाल अभियान्त्रिक टेक्नोलोजीमा भाषाविज्ञान तथा डाटा परिचालन प्रबन्धकको रूपमा कार्य गर्दै आइरहेको छु।
नमस्कार! म अनुप हुँ। म एक भाषाविद् हुँ र मसँग यस क्षेत्रमा सात वर्षभन्दा बढीको अनुभव रहेको छ। मैले त्रिभुवन विश्वविद्यालयबाट गणित विषयमा स्नातक गरेको छु र हाल नेपाली विषयमा स्नातक गर्दै छु। मलाई भाषासम्बन्धी कार्य एकदमै मनपर्छ र प्रविधिको सहायताले भाषाविज्ञान र नेपाली भाषालाई सुदृढीकरण गर्ने तथा भाषासम्बन्धी खोज/अनुसन्धान गर्ने ठूलो सपना रहेको छ। मलाई भाषाविज्ञानको साथसाथै प्रविधिको पनि राम्रो ज्ञान छ। समयमा काम पूरा गर्ने, भाषाविज्ञानको अझ सुधारको लागि नयाँ सफ्टवेयर तथा टुलहरूको बारेमा सिक्ने उत्सुकता आदि कुराहरू मेरा केही विशेषताहरू हुन्।
साथै, मलाई यात्रा गर्न र पुस्तकहरू तथा प्रविधिका समाचार र ब्लगहरू पढ्न मनपर्छ।
म अहिले त्रिभुवन विश्वविद्यालय, काठमाडौँ, नेपालमा नेपाली विषयमा स्नातकको अध्ययन गर्दै छु।
यस तहका मैले अध्ययन गर्ने मुख्य विषयहरू निम्न छन्।
मैले त्रिभुवन विश्वविद्यालय, काठमाडौँ, नेपालबाट गणित विषयमा स्नातक गरेको छु।
सो तहमा मैले अध्ययन गरेका मुख्य विषयहरू निम्न छन्।
मैले त्रिभुवन विश्वविद्यालय, काठमाडौँ, नेपालबाट विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको छु।
सो तहमा मैले अध्ययन गरेका मुख्य विषयहरू निम्न छन्।
म हाल अभियान्त्रिक टेक्नोलोजीमा भाषाविज्ञान तथा डाटा परिचालन प्रबन्धकको रूपमा कार्य गर्दै आइरहेको छु।
मैले २०६८ देखि २०७५ सम्म स्वच्छन्द अनुवादकको रूपमा कार्य गरेको छु। यसअन्तर्गत मैले अङ्ग्रेजी र नेपाली भाषामा अनुवाद, स्थानीयकरण, समीक्षा, संसोधन, अनुलेखन, उपशीर्षक लेखन जस्ता कार्यहरू गरेको छु। यस समयावधिमा मैले भाषाविज्ञानको साथसाथै भाषाको महत्त्वको बारेमा जान्ने मौका पाएँ। साथै मैले भाषासम्बन्धी कार्यहरूमा ७ वर्षभन्दा बढिको अनुभव हासिल गरेँ।
मैले शोभासा कम्प्युटर टेक्नोलोजीमा कम्प्युटर प्रशिक्षकको रूपमा कार्य गरेको छु। त्यहाँका मुख्य विधाहरू Microsoft Office को उन्नत प्रयोग, ग्राफिक डिजाइन र सरकारी कार्यालयहरूको लागि नेपाली भाषा थिए।
मैले विद्या आर्जन सेकेन्डरी स्कुलमा गणित तथा विज्ञान शिक्षकको रूपमा कार्य गरेको छु।
मैले बाल्मिकेश्वर माध्यमिक विद्यालयमा गणित तथा कम्प्युटर शिक्षकको रूपमा कार्य गरेको छु।
मैले ज्ञानेश्वरी माध्यमिक विद्यालयमा गणित तथा विज्ञान शिक्षकको रूपमा कार्य गरेको छु।